Friday, May 20, 2016

प्रजातान्त्रिक भारत

१ लाख नेपाली भाषि भुटानिहरूलाई अाफ्नाे बाटाे नेपाल छिर्न दिने तर फर्किन नदिने भारत,
निरंकुश भुटानि राजालाई महादेवले सतिदेविकाे लास बाेकेझैं कांधमा बाेकेर हिड्न प्रजातान्त्रिक भारत ,
काश्मिरकाे जनतालाई अाफ्नाे भाग्य अाफै छनाैट गर्न नदिने भारत,
सिक्किमलाई षडयन्त्र पुर्वक कब्जा गर्ने भारत,
तमिल टाईगर उब्जाएर श्रिलंकालाई बिसाैं बर्ष सताउने भारत,
माल्दिभ्स लाई सधैं अस्थिर बनाउने भारत,
नेपालमा हरेक पटक सरकार विरूद्द षडयन्त्र गरिरहन्छ । हतियार दिने ,पैसा दिने, नाकाबन्दि लगाउने देखि अनेक तिक्डम गरिरहन्छ ।
अनि प्रजातन्त्र र सर्वसहमतिकाे धाक लगाउछ, जनमतकाे ध्वांस दिन्छ ।
कुटनितिमा लाज हुदाेरहेनछ ।
सिंगाे भारत जसले नेपाललाई तीन तिरबाट घेरिरहेकाे छ, सिमाना मिचिरहन्छ, हस्तक्षेप गरिरहन्छ, नाकाबन्दि गरिरहन्छ नि, नेपालकाे समस्या यहि हाे । भारत जुनदिन १२/१५ देशमा विभाजन हुन्छ, नेपालकाे चार दिशामा कम्तिमा ४/५ राष्टकाे सिमाना जाेडिन्छ अनि नेपालकाे समस्या समाधान हुन्छ ।
पृथ्विनारायण शाहले दुई ढुङ्गा बिचकाे तरूल भनेर यसै भनेका हैनन, ढुंगा फुटाऊ अनि तरूललाई सहज हुनेछ भनेर अर्ति दिएका हुन । खै त छाेरानातिले बुझेनन, हामिले दुख पाउनुपरेकाे छ ।

No comments:

Post a Comment

Translate