Friday, May 20, 2016

सार्वभाैमसत्ता

प्रजातन्त्रमा जनता मा सार्वभाैमसत्ता हुन्छ र रहनुपर्छ । राजनिति गर्नेहरू सबै जनताकाे नाेकर बन्न तत्पर व्यक्तिहरू हुन ।
एउटा प्रसङ्ग छ :
मेरा नाेकरहरू अापसमा मिल्दैनन, भागबण्डा लगाएर खान जान्दैनन, अापसमै धाेकाधडि गर्छन । मालिकलाई कस्ताे सेवा चाहिन्छ भन्नेमा नै एकमत हुदैनन न त मलाई साेध्छन ।
एउटा नाेकर कालाे चिया दिन्छु भन्छ, अर्काे दूध चिया, अझ अर्काे दूध नै दिन चाहन्छ अर्काे कागति पानी ।
हर्लिक्स खुवाउछु भन्ने पनि छन, सादा पानी भए हुन्छ भन्ने पनि छन ।
ए मूर्ख नाेकरहरू !! म कहाँ साेध्न अाअाे न म के चाहन्छु भनेर । दुधचिया वाला ले कागतिपानिकाे ग्लासमा बीष हालेर उसलाई गलत सावित गर्ने प्रयास नगर । नतिजा के हुन्छ थाहा छ ? मालिक मर्छ तिमिहरूकाे ।
मलाई नसाेधि , अाफ्नाे ईच्छा लाद्न सक्छाै तिमिहरू ? अाअाफ्नाे चिज मलाई खुवाउन कसले कति कमिसन लिएकाे छस व्यापारिबाट ?

मधेशिहरू तराईमा जनसंख्या अनुसार समानुपाझिक प्रतिनिधित्व माग्छन किनभने अाफ्नाे जातकाे बहुमत छ र अल्पमतका पहाडिहरूले चुनाव जित्ने सम्भावना कम छ भन्ने ठान्छन ।
पहाडमा अल्पसंख्यक जनजातिहरू समावेशि हुनुपर्ने भन्छन किनभने, अल्पमतमा रहेका जातका उम्मेदवारले जित्ने सम्भावना कम छ भन्ने ठान्छन ।
समावेशि र समानुपातिक दुवैकाे फ्युजन नै समाधान हाे ।
तराईमा बस्ने पहाडि मुल र मधेशि मुलका जनताकाे अनुपात अनुसार समावेशि प्रतिशत ताेकेर, सिट संख्या समानुपातिक बनाउदा भईहाल्छ नि । मधेशि दलहरू तराईमा पहाडि मुलका बासिन्दालाई अारक्षण सहित समावेशि सिट दिन तयार छन अथवा पहाडिलाई लखेट्नुपर्छ भन्ने लाईनमा छन, यसले समस्या सुल्झने वा बल्झने निर्धारण गर्छ ।

सायद मतदानकाे नतिजा नमान्नेहरूले जनताकाे अधिकार अपहरण गरेका छन । उचित मुद्दा छ भने जनमत निर्माण गर्नतिर लाग्न उचित हुन्छ, बेथिति किन फैलाउनु ?
यहाँ अधिकार दिने जनता हुन अरू काेहि माईकालाल हाेईनन भनेर स्विकार गर्नसक्नु महत्वपुर्ण छ , के कस्ताे अधिकार चा
हिएकाे हाे जनतामा जाने सहमत गराउने अर्काे चाेटि जितेर निर्णय गर्ने ठाउमा पुग्ने । अरू सबै विधि, हलाे अड्काउने मात्र कुरा अलाेकतान्त्रिक र राष्टघाति हुन । सायद हाम्राे संस्कार नै सामन्ति रहेछ अाफुलाई जनताकाे ठेकेदार सम्झने, अाफ्नाे बाेलिमात्र जनताकाे बाेलि सम्झने तर जनताकाे भाेटकाे सम्मान नगर्ने ।

No comments:

Post a Comment

Translate