नेपालकाे रक्षा
राष्ट्रहरू राजनितिक दर्शनले बन्दैनन, न त यसले राष्ट्र बचाउन नै सक्छ । राष्ट्रहरू त मानव समुहकाे साझा भावनाले बन्छन, साझा हितकाे रक्षाकाे खातिर बन्छन । त्यस्ताे सामुहिक भावना धर्म, भाषा, संस्कृति, भेषभुषा, ईतिहास र थातथलाे का पहिचानहरू नै हुन । यहि पहिचान जाेगाउन राज्यशक्ति चाहिन्छ, सेना चाहिन्छ । सार्वभाैमसत्ताकाे रक्षा, भाैगाेलिक अखण्डताकाे रक्षा भन्नू नै राष्ट्रिय पहिचानकाे रक्षाकाे लागि हाे । सांस्कृतिक पहिचानबिना राष्ट्रकाे अस्तित्व रहदैन । यसकाे मतलव राष्ट्र जाेगाउन धर्मसंस्कृति जाेगाउनै पर्छ, भाषा र भेषभुषा जाेगाउनै पर्छ, भाैगाेलिक अखण्डता जाेगाउनै पर्छ, सार्वभाैमसत्ता जाेगाउनै पर्छ । नेपाली सेनाले वि सं १६१६ सालदेखि यहि नै गर्दै अाएकाे छ, यस कामकाे लागि नेपाली सेनालाई हृदयदेखि नै सलाम । राष्ट्र रक्षाकाे लागि नेपाली सेनाकाे झण्डामुनि बसेर विरगति प्राप्त गर्ने सपुतहरूलाई पनि सलाम । चन्द्रसुर्य अंकित नेपाली झण्डा सेनाकाे हातमा यति सुरक्षित छ कि यसले कहिल्यै झुक्नुपरेन ।
हाल अाएर, नेपाली धर्म, संस्कृति, भाषा, भेषभुषा, भाैगाेलिक अखण्डता र सार्वभाैमिकता माथि चाैतर्फि अाक्रमण तिव्र भएकाे छ । नेपाली राज्यलाई यसकाे धर्मसंस्कृति बाट अलग गराई निरपेक्ष बनाईएकाे छ । जनताकाे धर्मसंस्कृति रक्षा गर्ने कर्तव्यबाट च्युत राज्य, राष्ट्र विनाकाे राजनितिक ईकाइ मात्र हाे, सासविनाकाे लास मात्र हाे । शिवरात्रिमा सेनादिवस मनाउदा काेकाेहाेलाे गर्नेहरू सेनाकाे त्रिशूल डमरू अंकित लाेगाे संग पनि डराउछन, हरेक पल्टनका निशान भगवतिसंग साताे जान्छ अनि सेनाले हरेक चाडपर्व मनाउदा यिनकाे निदहराम हुन्छ । हरेक सैनिक जवानले निशान भगवती छाेएर सपथ लिदा त पागल सरह नै हुन्छन तिनिहरू ।

सबैले के बुझ्नु जरूरि छ भने नेपालकाे रक्षा भनेकाे सिमानाकाे रक्षा मात्र हैन, संस्कृतिकाे रक्षा पनि हाे, राष्ट्रिय भावनाकाे रक्षा पनि हाे । मुसलमान र ईँशाइकाे अाक्रमणबाट हिन्दु सभ्यता जाेगाउन कै लागि नेपाल राज्य एकीकरण भएकाे हाे, तपाईहाम्रा पुर्खाले बलिदान दिएका हुन । त्याे हिन्दुत्व त्यागेर नेपाल राज्य रहनुकाे कुनै सार छैन, नेपाली सेना रहनुकाे पनि कुनै सार छैन ।
नेपाल दुई ढुङ्गा बिचकाे तरूल हाे हामिलाई थाहा छ यसैले त न त उत्तर तिर न त दक्षिणतिर हामी ढल्किने गर्छाैं । छिमेकिकाे काममा हस्तक्षेप पनि नगर्ने, अाफ्नाे काममा छिमेकिकाे हस्तक्षेप पनि नस्विकार्ने निरपेक्ष सम्बन्ध नै हाम्राे परराष्ट्र नीति हाे ।
अाफुलाई मन पराेस वा नपराेस हस्तक्षेप र अनावश्यक चासाे स्विकार्य हुदैन न त उत्तेजनात्मक गालि र विराेध नै स्विकार्य हुन्छ । छिमेकिकाे सन्तुलित व्यवहार र हाम्राे सन्तुलित व्यवहार दुवै अपेक्षित हुन्छ ।
अाफुलाई मन पराेस वा नपराेस हस्तक्षेप र अनावश्यक चासाे स्विकार्य हुदैन न त उत्तेजनात्मक गालि र विराेध नै स्विकार्य हुन्छ । छिमेकिकाे सन्तुलित व्यवहार र हाम्राे सन्तुलित व्यवहार दुवै अपेक्षित हुन्छ ।
हालका दिनमा हाम्रा मित्रराष्ट्रहरूलाई हस्तक्षेप गरिदिन अाग्रह गर्ने एकथरि अनि हस्तक्षेप भयाे भनेर असन्तुलित प्रतिक्रिया दिने, झन्डासम्म जलाउने अर्काथरि शक्ति सक्रिय देखियाे । "yesman" र "noman "दुवैथरि खतरनाक हुन्छन, हाम्राे नीति निरपेक्षवाद नै हुनपर्छ । सुरक्षासंयन्त्रले "yesman" र "noman" दुवैकाे निगरानि र neutralize गराेस ।
No comments:
Post a Comment