Saturday, May 14, 2016

सङ्घीय गठबन्धनको तर्फबाट प्रेस विज्ञप्ति , मितिः २०७३ बैशाख ३१ गते

प्रेस विज्ञप्ति
प्रिय पत्रकार वन्धुहरू,
प्रतिगामी तथा विभेदकारी संविधान जारी भएपछि देशमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि हामी विभिन्न राजनीतिक दल तथा मोर्चाहरूमा आवद्ध भई आ–आफ्नोे तर्फबाट आन्दोलनमा उत्रेका थियौँ । तर सरकारले यसको सुनुवाई नगरेको स्थितिमा हामी आदिवासी जनजाति, मधेसी, थारु, खस, शिल्पी÷दलित, मुस्लिम, पिछडा वर्ग लगायत सबै उत्पीडित समुदायहरू एउटै मालामा उनीएर संयुक्त राष्ट्रिय आन्दोलनमा उत्रेका छौँ । विगतमा हामीले समस्याको समाधानका लागि प्रयाप्त लचकता प्रदर्शन गरेका थियौँ । तर सत्तापक्ष गम्भिर नदेखिएको मात्र होइन विगतमा सम्झौता र सहमति भइ सकेका विषयहरूलाई समेत उल्ट्याएर एकपक्षीय रूपमा अगाडी बढे र अहिले पनि बढी रहेका छन् । विगतका क्रान्तिका जनादेश, आन्दोलनकारीहरूसँग भएका सम्झौताहरू, संविधान सभाको राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति र संवैधानिक आयोगको रूपमा गठीत राज्य पुर्नरचना उच्च स्तरीय सुझाव आयोगको प्रतिवेदनलाई समेत उल्लङ्घन गरेर देशमा ठूलो सङ्कट निम्त्याइ रहेका छन् । आफैले स्विकारेको र दोस्रो संविधान सभाको निर्वाचन घोषणा पत्रमा समेत उल्लेख गरेको पहिचान र सामथ्र्यताका आाधारलाई निर्वाचनपछि रद्दीको टोकरीमा फालेर तिनीहरूले आफ्नो नश्लवादी चरित्र प्रदर्शन गरे । त्यसलाई वर्तमान गठबन्धन सरकारले निरन्तरता दिइ रहेको छ । हालै विभिन्न आयोगहरूमा गरेका राजनीतिक नियुक्तिहरू तथा राजदूतहरूको नियुक्तिले यसलाई प्रमाणित गरेको छ । यसबाट संविधानको पहिलो संशोधनबाट समानुपातिक समावेशीको मुद्दा सम्बोधन भयो भनेर गरिएको झूठो प्रचारको पनि पर्दाफास भएको 
छ । अहिलेको सरकारी नीति तथा कार्यक्रममा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुनर्संरचना नै नगरी निर्वाचन गर्ने घोषणा गर्नुले पनि तिनीहरूको सङ्घीयता विरोधी चरित्र छर्लङ्ग भएको छ । त्यसैले अहिलेको राजनीतिक गतिरोधका मुख्य जिम्मेवार प्रतिगमनकारी नश्लवादी सरकार नै हो । त्यसैले संविधान पुुनर्लेखन गरी नसच्याउञ्जेल र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नहोउञ्जेल हाम्रो सङ्घर्ष जारी नै रहने छ ।
प्रिय पत्रकार वन्धुहरू, 
आन्दोलन हाम्रो चाहना होइन, तर सत्तापक्षको प्रतिगामी र नश्लवादी चरित्रले गर्दा हामी आन्दोलनमा उत्रन बाध्य भएका छौँ । हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने छ । हामी सरकारको तर्फबाट विगतका आन्दोलनहरूमा जस्तै यसलाई हिंसात्मक मोड दिने सम्भावनाबारे पनि सचेत छौँ । सरकारले जनताको आन्दोलनमाथि दमन गरी बल प्रयोग गरेमा यसका कारण देशमा दिर्घकालीन सङ्घर्ष र गृहयुद्धको स्थिति सृजना हुन सक्दछ । त्यस्तो स्थिति उत्पन्न भएमा यस्को सम्पूर्ण जिम्मेवारी सरकारकै हुने कुरा हामी चेतावनी दिन चाहन्छौं ।

संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरूः
१.२०७३ जेठ १ गते काठमाडौंको रत्नपार्क, शान्तिबाटिकाबाट दिनको ३ः०० बजे जन प्रदर्शन ।
२.जेठ २ गतेदेखि सिंहदरबार घेराऊ ।
उपरोक्त कार्यक्रमहरूमा सहभागी हुन सम्पूर्ण न्याय, समानता र सङ्घीयताको पक्षमा रहेका जन समुदायरूमा हार्दिक अनुरोध गर्दछौं ।
संयुक्त राष्ट्रिय आन्दोलनका नाराहरु 
१. प्रतिगामी संविधान मान्दैनौं – मान्दैनौं, मान्दैनौं ।।
२. पहिचान सहितको सङ्घीयता छाड्दैनौँ – छाड्दैनौँ, छाड्दैनौँ ।।
३. कालाबजारीया र भ्रष्टाचारीलाई कारवाही गर – कारवाही गर, कारवाही गर ।।
४. डिजेल, पेट्रोल र ग्याँस उपलब्ध गर – उपलब्ध गर, उपलब्ध गर ।।
५. भूकम्प पीडितलाई पुनस्र्थापना गर – पुनस्र्थापना गर, पुनस्र्थापना गर ।।
६. आन्दोलनकारीहरूसँग गरिएका सम्झौताहरू लागु गर– लागु गर, लागु गर ।।
७. नश्लवादी सरकार मुर्दावाद– मुर्दावाद, मुर्दावाद ।।
८. सङ्घीय गठबन्धन जिन्दावाद– जिन्दावाद, जिन्दावाद ।।
९. वीर सहिदहरू अमर रहुन – अमर रहुन, अमर रहुन ।।
१०. हाम्रो आन्दोलन जारी छ – जारी छ, जारी छ ।।
मितिः २०७३ बैशाख ३१ गते ।
................................
उपेन्द्र यादव
संयोजक
सङ्घीय गठबन्धनको तर्फबाट

सङ्घीय गठबन्धनमा आवद्ध दल तथा मोर्चाहरू 
सङ्घीय समाजवादी फोरम नेपाल,
 तराई–मधेस लोकतान्त्रिक पार्टी,
 सद्भावना पार्टी, 
तराई मधेस सद्भावना पार्टी नेपाल,
 राष्ट्रिय मधेस समाजवादी पार्टी, 
आदवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल,
सङ्घीय जनमुक्ति पार्टी,
 थरुहट तराई पार्टी नेपाल,
 नेपाल सद्भावना पार्टी,
मजफो (गणतान्त्रिक), 
नेपाः राष्ट्रिय पार्टी, 
सङ्घीय लिम्बूवान पार्टी नेपाल, 
सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, 
आदिवासी जनजाति पार्टी नेपाल, 
लोक दल, 
लोकतान्त्रिक पार्टी नेपाल, 
बहुजन समाज पार्टी नेपाल, 
लिम्बूवान संयुक्त सङ्घर्ष समिति, 
खसान राष्ट्रिय संयुक्त सङ्घर्ष समिति, 
शेर्पा राज्य संयुक्त सङ्घर्ष समिति, 
नेवाः स्वायत्त राज्य मंका सङ्घर्ष समिति, 
ताम्सालिङ संयुक्त सङ्घर्ष समिति, 
तमुवान संयुक्त सङ्घर्ष समिति, 
थरुहट संयुक्त सङ्घर्ष समिति, 
संयुक्त मगरात मञ्च, 
संयुक्त दलित अधिकार मञ्च,
लिम्बूवान मुक्ति मोर्चा नेपाल, 
किरात राज्य सङ्घर्ष समिति, 
राष्ट्रिय दलित मुक्ति आन्दोलन 

Translate